दुईवटा चितुवाको डमरुलाई आमा चितुवाले सकुशल लगेर गए

2f790a36-423b-488b-96e4-a69982e113e3

कालचिनी –बक्सा ब्याघ्र प्रकल्प अधीनस्थ रहेको जंगल संलग्न कुनै एउटा चियाबारीको सेक्सनमा पाईएको दुईवटा चितुवाको बच्चा डमरुलाई आज बक्सा ब्याघ्र प्रकल्पले जारी गरेको भिडियो फूटेज मार्फत माउ चितुवाले उद्धार गरेर लगेको जनाएका छन्।  बक्सा ब्याघ्र प्रकल्पका डीएफडी प्रवीण कासवानले जनाएअनुसार गत सोमबार जंगल संलग्न कुनै चियाबारीको सेक्सनमा नवजात दुईवटा चितुवाको डमरु देखा परेको सूचना पाएर पशु चिकित्सकसहित बन अधिकारीको टीम उक्त घटनास्थलमा पुगेर परिस्थिति निर्क्योल गर्दै डमरुलाई तत्काल उद्धार नगरेर यसलाई यथास्थानमा निरीक्षणमा राखिने निर्णय लिएको थियो।

डमरु रहेको स्थानमा एउटा इन्फ्रा रेड क्यामेरा निरीक्षणको निम्ति लगाईएको थियो भने उक्त क्यामेरा ट्र्यापमा परेको फूटेजमा माउ चितुवाले उक्त दुवै बच्चा डमरुलाई लगेर गएको थाह पाएपछि बन बिभागले राहत अनुभव गरेका छन्। चियाबारीको सेक्सनको नाम सार्वजनिक नगरिएको सन्दर्भमा बन विभागले वन्यजीवको सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित चियाबारीको नाम सार्वजनिक नगरिएको पनि थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement