नीरपानीमा फूटबल टुर्नामेण्ट शुरु

IMG-20250830-WA0131

दमक एफसी क्वार्टर फाइनलमा

पानीघट्टा: नीरपानी स्पोर्टिंग क्लबको तत्त्वावधानमा ओपन नक्आउट फूटबल टुर्नामेण्ट शनिवारदेखि शुरु भयो। नीरपानी हायर सेकेण्डरी स्कूल खेल मैदानमा आज भएको उद्घाटन म्याचमा नेपालको दमक फूटबल क्लबले सिलगढ़ी युनाइटेडलाई १-०-ले पराजित गरी क्वार्टर फाइनलमा स्थान बनायो। दर्शकहरूले भरिएको मैदानमा आजको म्याच चरम रोमाञ्चक रह्यो। दुवै टोलीले मौकाहरू बनाए पनि विवेक पौड़ेलले २१औं मिनटमा गरेको गोलले नेपालको टोलीलाई जीत दिलायो। रहल समयमा सिलगढ़ी युनाइटेडले लगातार प्रयास गरे पनि गोल सुलाउन सकेन। म्याच जिताउने गोलको निम्ति दमक एफसी-का मीडफिल्डर विवेक पौड़ेललाई प्लेयर अव् द म्याच चयन गरियो। आज टुर्नामेण्टको उद्घाटन म्याचमा मुख्य अतिथिको रूपमा जीटीए चेयरम्यान अञ्जुल चौहान उपस्थित थिए। यसबाहेक विशिष्ट अतिथिको रूपमा विनोद कुमार मीना (एसडीपीओ, मिरिक), सभासद परेश तिर्की, सभासद नवराज छेत्री र सभासद सोनम भूटिया (एक्जीक्यूटिभ डिरेक्टर, युवा मामिला एवम् खेलकुद विभाग, जीटीए) उपस्थित थिए। उद्घाटन समारोहमा फुवागढ़ी हायर सेकेण्डरी स्कूलको पाइप ब्याण्ड डिस्प्ले मुख्य आकर्षण रह्यो। अब आइतवार खेलिने म्याचमा युनाइटेड एफसी दार्जीलिङ र जलपाइगढ़ी पुलिसबीच भिड़न्त हुनेछ।

टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १३ र १४ सेप्टेम्बरमा हुनेछ। यसरी फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement