नमस्ते खरसाङको धन्यवाद कार्यक्रम सम्पन्न

IMG-20250830-WA0125

खरसाङ: गत १० अगस्तको दिन नमस्ते खरसाङको दशौँ स्थापना दिवसमा विभिन्न जातगोष्ठीको सांस्कृतिक प्रस्तुतिको साथमा पालन गरिएको थियो। उक्त स्थापना दिवसम १० विभिन्न जातगोष्ठीले सहभागिता जनाएका थिए अनि कार्यक्रमलाई सफल बनाउनमा सहयोग गरेका थिए। ती जातगोष्ठीका संघ-संस्था, व्यक्ति-व्यक्तित्वहरूलाई नमस्ते खरसाङले एउटा कार्यक्रमको आयोजना गरेर कृतज्ञता प्रकट गर्दै धन्यवाद दिएको छ।कार्यक्रमलाई नमस्ते खरसाङका प्रबन्ध निर्देशक निर्मल गुरुङले सञ्चालन गरेका थिए भने स्वागत भाषण समाचार वाचक विश्व सुब्बाले राखेका थिए। कार्यक्रममा १० वटा विभिन्न जात-गोष्ठीका प्रतिनिधिहरूलाई अनि स्थापना दिवसलाई सफल बनाउन सहयोग गर्ने व्यक्ति विशेषहरूलाई च्यानलको तर्फबाट स्मृति चिन्ह साथमा उक्त दिन प्रस्तुत गरिएको कार्यक्रमको नक्शा प्रदान गरेर धन्यवाद दिइयो भनी जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement