कालचिनी –अलिपुरद्वार जंक्सनमा आज नयाँ कोच वासिङ प्लान्ट साथै न्यू अलिपुरद्वार रेल स्टेशनमा नयाँ लिफ्टको उद्घाटन केन्द्रीय मन्त्री तथा अलिपुरद्वार सांसद जोन बारलाको बाहुलीबाट सम्पन्न भएको जानकारी अलिपुरद्वार डीआरएम सुत्रले जनाएका छन्। आज उक्त कोच प्लान्टको उद्घाटन समारोहमा आएको केन्द्रीय मन्त्री तथा अलिपुरद्वार सांसद जोन बारलाले यश्वसी प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन गत १७ सेप्टेम्बरको दिनदेखि पालन गर्दै यसलाई सेवा भारतको अभियान अन्तर्गत पालन गर्दै आईरहेको र यस अन्तर्गत केन्द्रीय योजनाहरूको प्रचार र यसलाई आवेदन गर्ने बारेमा सचेतना गर्दै आईरहेको र आज अलिपुरद्वार डीआरएम दिलीपकुमार सिंहको निमन्त्रणामा अलिपुरद्वार जंक्सनमा नयाँ कोच वासिङ प्लान्ट र न्यू अलिपुरद्वार रेल स्टेशनमा लिफ्टको उद्घाटन गरिएको जनाएका छन्।

आज अलिपुरद्वारमा पत्रकारहरूसितको कुराकानीमा केन्द्रीय मन्त्री जोन बारलाले हाँसीमारामा पब्लिक एयरपोर्टको बारेमा राज्यले कुनै पहल नलिएको र केन्द्र सरकारले सबै कागजपत्र प्रस्ताव राज्य समक्ष पठाएको तर राज्यले जमीन दिन नसकिरहेको बताए। राज्यले टर्मिनलको लागि ३७ एकर जमीन उपलब्ध गर्न नसकिरहेको र यता आएर उल्टा केन्द्रले सहयोग नगरेको आधारहीन कुरा गर्दै आईरहेको केन्द्रीय मन्त्री जोन बारलाले बताए। अन्य राज्यहरू कहाँदेखि कहाँ विकसित भयो तर बंगालमा केही हुन नसकेको तिनले बताए।