एसकेएम खेलकुद प्रकोष्ठले पालन गऱ्यो राष्ट्रीय खेलकुद दिवस

IMG-20250829-WA0119

गान्तोक: ५० जना खेलाड़ी अनि खेलकुद प्रवर्धकहरूलाई सम्मान अनि एउटा प्रदर्शनी फूटबल म्याचको साथमा सिक्किम क्रान्तिकारी मोर्चाको खेलकुद शाखाले आज राष्ट्रीय खेलकुद दिवस पालन गऱ्यो। राजधानीको पाल्जोर स्टेडियममा आयोजित कार्यक्रममा सिक्किम सरकारका खेल मन्त्री राजु बस्नेत मुख्य अतिथि रहेका थिए भने विशिष्ट अतिथिहरूमा मन्त्रीहरू अरुण उप्रेती र एनबी दाहाल अनि विधायकहरू दिले नामग्याल बर्खुङ्गपा र सोनाम भेञ्चोङ्गपा साथै पूर्व मन्त्री एवं एसकेएम पार्टीका कार्यवाहक अध्यक्ष केएन लेप्चा आदि रहेका थिए।
कार्यक्रमको पहिलो चरणमा राष्ट्रीय अनि अन्तर्राष्ट्रीय स्तरमा विभिन्न विदाको खेलमा सिक्किम र देशको निम्ति असल प्रदर्शन गर्ने खेलाड़ीहरू साथै राज्यमा खेलकुदको प्रवर्धनमा योगदान दिने जम्मा ५० जनालाई अभिनन्दन जनाइयो। जसमा केही पत्रकार पनि रहेका छन्। अभिनन्दित हुनेहरूमा ओलम्पिक आर्चर तरुण दीप राई पनि रहेका छन्। उनको अनुपस्थितिमा उनकी धर्मपत्नीले अभिनन्दन ग्रहण गरिन्।


कार्यक्रमको दोस्रो चरणमा यस वर्षको एसपीएल (सिक्किम प्रिमयर लीग) र सिक्किम डिभिजन लीग साथै स्वतन्त्रता दिवस फुटबल टुर्नामेन्टका विजेता दल क्रमैले सिक्किम आक्रमण एफसी र सिक्किम ड्रेगन्स बीच फूटबल म्याच खेलाइयो। जसमा सिक्किम आक्रमण एफसी एकको विरुद्ध दुई गोलले विजयी बन्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राजु बस्नेतले एसकेएम सरकारले सिक्किम राज्यलाई विभिन्न क्षेत्रमा प्रगतिको दिशामा अघि बड़ाइरहेको जसमा एसकेएम खेलकुद प्रकोष्ठको पनि उल्लेखनीय योगदान रहेको बताए। हालको समय राज्यमा खेलकुदको स्वर्णीम यूग चलिरहेको कारण राज्यका मुख्मन्त्री (प्रेमसिंह तामाङ) स्वंय खेलकुद प्रेमी रहेको उनले थप बताए। मन्त्री बस्नेतले राष्ट्रीय खेलकुद दिवसको अवसरमा सबैलाई कुनै न कुनै खेलकुदमा सहभागिता जनाउने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement