नाम्ची: नाम्ची जिल्लाको भाइचङ स्टेडियममा आज जिल्लास्तरीय राष्ट्रीय खेलकुद दिवस पालन गरियो। नाम्ची जिल्लाको खेलकुद एवं युवा मामिला, एसएआइ-एसटीसी र खेलो इण्डिया सेन्टरको संयुक्त पहलमा आयोजित कार्यक्रममा सिक्किम युथ डेभलोप्मेन्ट बोर्डका अध्यक्ष वसन्त तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। साथमा नाम्ची महकुमा अधिकारी शरण कालीकोटे, शिक्षा विभागका उपनिर्देशक सोनाम वाङचुक भोटियालगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। प्रत्येक वर्ष देशभरिनै नै हक्की खेलका लिजेन्ड मेजर ध्यानचन्दको जन्म दिनको अवसरमा राष्ट्रीय खेल दिवस पालन गरिन्छ। उनको नेतृत्वमा देशले १९२८ १९३२ र १९३६ मा स्वर्ण पदक हासिल गरेको थियो। यस अवसरमा बक्सिङ खेलका कोच यासिका राई, रिवास राई, ताइक्वाण्डो खेलकी प्रशिक्षक आकृति राई, कराँते खेलका प्रशिक्षक छेन्सुङ नामग्याल भोटिया, क्रिकेट खेलका प्रशिक्षक प्रमिला लिम्बू र भलिवल प्रशिक्षक आशीष प्रधानलगायत अन्यहरूलाई पनि सम्मान जनाइयो।