ओडिसामा सिक्किमे ताइक्वाण्डो खेलाड़ीहरुको उत्कृष्ट प्रदर्शनी

IMG-20250829-WA0117

गान्तोक: ओडिसाको कटकस्थित जवाहारलाल नेहरू इण्डोर स्टेडियममा सम्पन्न भएको चौथो सब जुनियर अनि सिनियर नेश्नल क्यूरेसी तथा पुम्से च्याम्पियशिप २०२५ मा सिक्किमका खेलाड़ीहरुले उत्कृष्ट प्रदर्शनी गरेका छनि। यस अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको पनि उपस्थिति रहेको थियो। उक्त प्रतियोगितामा सिक्किमबाट कूल ५१ जना खेलाडीहरू सहभागी भए। जसमा कोट र सिक्किम अमेच्युर ताइक्वाण्डो एसोसिएसनका कार्यकारी सदस्यहरूले पनि सहभागिता जनाएका थिए। गत २८ अगस्तदेखि शुरू भएको यस प्रतियोगिताको समापन आगामी 2 सेप्टेम्बरको दिन हुनेछ। उक्त प्रतियोगिताअन्तर्गत फ्रि स्टाइल सब जुनियरवर्गमा मुख्यमन्त्रीकी छोरी प्रक्रिया तामाङले रजत पदक हासिल गरेकी छन्। मुख्यमन्त्रीले देशभरिका युवा र वरिष्ठ खेलाडीहरूलाई एकै ठाउँमा ल्याएर च्याम्पियनशिप हेर्न पाउनु साँच्चै रमाइलो र अविष्मरणीय क्षण बताए। उनले सहभागीहरूको अपार प्रतिभा, समर्पण र खेल भावनाको प्रशंसा गर्दै प्रदर्शनमा ऊर्जा, अनुशासन र प्रतिस्पर्धात्मक भावना हुनुपर्ने उल्लेख गरेका छन्। सिक्किम अमेच्युर ताइक्वाण्डो एसोसिएशनका अध्यक्ष उमेश तामाङ र महासचिव सुमन तामाङको नेतृत्वमा गएको टोलीले उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement