हि-याङथाङमा राष्ट्रिय स्पोर्ट्स डे-मार्फत खेल जागरुकता अभियान

IMG-20250829-WA0116

गेजिङ: नेश्नल स्पोर्ट्स डेको अवसरमा हि–याङ्थाङ वरिष्ठ माध्यमिक विद्यालयले आज विविध खेलकुद गतिविधि आयोजन गऱ्यो। विद्यालयका प्राचार्य नारायण बस्नेतको अगुवाइमा आयोजित यस कार्यक्रममा एनएसएस इकाई र स्कूल स्पोर्ट्स ब्याण्काार विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए। जसमा पहिलो श्रेणीदेखि बाह्रौं श्रेणीसम्मका विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रममा अन्तरहाउस खेल प्रतियोगिता सम्पन्न भयो। सीनियर र जुनियर दुवै स्तरका विद्यार्थीहरूले कबड्डी, रिले दौड, १०० मिटर दौड, २०० मिटर दौड लगायतका खेलहरूमा प्रतिस्पर्धा गरे। साथै विद्यार्थीहरूबीच हाजिरी जवाफ प्रतियोगिता पनि सम्पन्न भयो। यस अवसरमा प्राचार्य बस्नेतले महान् हक्की खेलाड़ी मेजर ध्यानचन्दको जन्मजयन्तीलाई स्मरण गर्दै राष्ट्रिय खेल दिवसको ऐतिहासिक महत्वबारे प्रकाश पारे। उनले खेलकुद केवल शारीरिक स्वास्थ्यका लागि मात्र नभई मानसिक सबलता, अनुशासन, राष्ट्रप्रेम र एकताको प्रतिक भएको उल्लेख गर्दै विद्यार्थीलाई खेललाई जीवनशैलीको रूपमा अङ्गाल्ने प्रोत्साहित गरे। “उडनपरी” पीटी उषा, “मास्टर ब्लास्टर” सचिन तेन्दुलकरदेखि लिएर हक्कीका जादुगर ध्यानचन्दजस्ता महान खेलाड़ीहरूलाई आजकै दिन श्रद्धापूर्वक सम्झना गरिने जानकारी गराए। भारत सरकारले “खेलो इन्डिया अभियान” लगायतका कार्यक्रममार्फत खेलकुद प्रवर्द्धन गर्दै आएको र यस अवसरमा मेजर ध्यानचन्द खेल रत्न, अर्जुन पुरस्कार, द्रोणाचार्य पुरस्कार, ध्यानचन्द पुरस्कारमार्फत खेल क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्ने परम्परा समेत स्थापित गरिएको छ। कार्यक्रमले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि जागृत गर्ने मात्र होइन, “खेलकुद नै स्वस्थ जीवन, एकता र प्रगतिशील समाजको आधार हो” भन्ने सन्देश समेत दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement