सरकार गठनपछि गेजिङमा एसकेएम पार्टीको पहिलो जिल्लास्तरीय समन्वय सभा

IMG-20250829-WA0115

गेजिङ: सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको पहिलो जिल्लास्तरीय सांगठनिक समन्वय सभा आज गेजिङ पार्टी कार्यालयमा सम्पन्न भयो। मुख्यमन्त्री एवं पार्टीका अध्यक्ष प्रेमसिङ तामाङको निर्देशनअनुसार प्रारम्भ गरिएको राज्यव्यापी समन्वय अभियानअन्तर्गत गेजिङ जिल्लाबाट यसको सुरुआत गरिएको हो।
सभाको अध्यक्षता किसान मोर्चाका उपाध्यक्ष प्रभारी तथा विधायक लोकनाथ शर्माले गरेका थिए। कार्यक्रममा पर्यटन विभागीय मन्त्री टीटी भोटिया, विधायक सुदेशकुमार सुब्बा लगायत उच्चपदस्थ पार्टी पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। यस महत्वपूर्ण सभामा संगठनका उपाध्यक्ष प्रभारी ओटी लेप्चा, अध्यक्ष ललित शर्मा, उपाध्यक्ष शेरहाङ सुब्बा, महासचिव बिक्रम प्रधान, राज्यस्तरीय संयोजक कर्म सुब्बा, सचिव रूपा कार्की, सचिव डीके ठटाल, संयोजक पुजन राई, संयोजक पीबी छेत्री लगायतका पदाधिकारीहरू उपस्थित थिए। साथै विभिन्न विभागका सल्लाहकारगण, जिल्ला, क्षेत्र र वार्डस्तरका पार्टी कार्यकर्ता तथा आमनागरिकहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रमको सुरूवातमा हालै इन्डिया टुडे ग्रुपले सार्वजनिक गरेको सर्वेक्षणमा सिक्किमका मुख्यमन्त्री प्रेमसिङ तामाङ देशका सबैभन्दा लोकप्रिय मुख्यमन्त्रीको सूचीमा पहिलो स्थानमा पर्न सफल भएकोमा बधाई अर्पण गरियो। यस सभाले आगामी दिनमा संगठनलाई अझ सबल जनआधारित बनाउन सबै प्रकोष्ठ सक्रिय भएर लाग्नुपर्ने आवश्यकतामाथि जोड़ दिए। २०२४ मा पार्टीले सरकार गठन गरेपछि गेजिङ जिल्लामा सम्पन्न यो पहिलो ठूलो समन्वय सभा हो। यसले संगठनलाई नयाँ उर्जा र दिशा दिएको दाबी गरेको छ। उपस्थित नेताहरूले पार्टीप्रति जनताको भरोसा अझ गहिरो बनाउने, समाजका प्रत्येक वर्गलाई साथ लिएर अगाडि बढ्ने र राज्यको विकासलाई प्राथमिकतामा राख्ने अठोट व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement