विधानसभा उपाध्यक्षद्वारा श्रीपाताम स्कूल भवन उद्घाटन

IMG-20250829-WA0114

नाम्ची: श्रीपाताम जुनियर हाई स्कूलको नवनिर्मित चारकोठे भवनको उद्घाटन सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापाले गरिन्। उक्त शैक्षिक पूर्वाधार विद्यालयको प्रगतिमा एक महत्वपूर्ण उपलव्धि मानिएको छ। कार्यक्रममा थापा प्रमुख अतिथि थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै थापाले शिक्षाको क्षेत्रमा सरकारले देखाएको निरन्तर प्रतिबद्धताबारे बोल्दै नयाँ भवनले विद्यार्थीहरूलाई थप सुलभ र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने बताइन्। यो चारकोठे भवनले विद्यार्थी र शिक्षक दुवैलाई ठूलो फाइदा पुग्ने विश्वास व्यक्त गरिएको छ। विद्यालय परिवारको तर्फबाट सरकारलाई राज्यभरि शैक्षिक पूर्वाधारलाई प्राथमिकता दिएकोमा धन्यवाद व्यक्त गरियो। प्रमुख अतिथि थापाले विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा स्थानीय समुदायको योगदानको पनि प्रशंसा गरिन्। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने जैविक उत्पादन बिक्री तथा खरिदकर्तासँग भेटघाट, सम्मान कार्यक्रम तथा प्रस्तुतीकरणहरू समेत गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement