सर्वाधिक पुरस्कार राशिको साथ शहीद गोल्ड कप ५ सेप्टेम्बरदेखि शुरु हुने

IMG-20250829-WA0071

कालेबुङ: युनाइटेड भेटरन्स क्लब, कालेबुङको तत्त्वावधानमा उत्तर बंगालको सर्वाधिक पुरस्कार राशिको साथ शहीद गोल्ड कप ५ सेप्टेम्बरदेखि शुरु हुनेछ। मेला ग्राउण्डमा हुने यस टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमले हिस्सा लिनेछ। उद्घाटन म्याचमा काकरभित्ता नेपाल र सिङलिङ स्पोर्टिंग क्लब (सिक्किम) बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा स्थानीय टीमहरूको साथमा नेपाल, सिक्किम, मणिपुर, भूटान, बोडोल्याण्ड (असम), झारखण्ड, काेलकत्ता र नर्थ-ईष्टर्न रेलवे को टीमले हिस्सा लिनेछ। टुर्नामेण्टको फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट फूटबल चीफ कोअर्डिनेटर राजु ग्याबाक ले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement