सेलेसियन कलेजको ‘इकोम्फीमैथिक्स २०२५’ मा युवा वैज्ञानिकहरूको उत्साहपूर्ण सहभागिता

IMG-20250829-WA0069

सोनादा: सेलेसियन कलेज अटोनोमस सिलगढीले आफ्नो ११औँ वार्षिक अन्तर–विद्यालयीय विज्ञान महोत्सव ‘इकोम्फीमैथिक्स २०२५’ (eComPhyMathix 2025) को भव्य आयोजना आज सम्पन्न गरेको छ। यस बहुप्रतिक्षित कार्यक्रममा उत्तरबंगालका १० वटा विद्यालयहरुबाट ४४७ जना विद्यार्थीहरु सहभागी बनेका थिए। विद्यार्थीहरूले १३ वटा फरक–फरक प्रतिस्पर्धात्मक कार्यक्रमहरूमा पाँचवटा स्थलमार्फत आफ्नो वैज्ञानिक तथा प्राविधिक क्षमता प्रस्तुत गरे। यस महोत्सवमा प्रतिस्पर्धात्मक कोडिङदेखि लिएर क्विज र सिर्जनात्मक कला सम्मका कार्यक्रमहरू समावेश थिए, जसले विद्यार्थीहरूको बहुआयामिक दक्षतालाई उजागर गर्‍यो। अर्थशास्त्र, बीसीए, कम्प्युटर साइन्स, भौतिकशास्त्र र गणित विभागका विद्यार्थीहरूले कुशल व्यवस्थापन गरेको कार्यक्रममा रेक्टर फा. टोमी अगस्टिन र प्रिन्सिपल फा. डा. बाबु जोसेफको नेतृत्वमा उद्घाटन समारोह सम्पन्न भएको थियो।
कार्यक्रममा डन बस्को सिलगढी, डन बस्को मिरिक, सेन्ट जोसेफ्स भक्तिनगर, सेन्ट जेभियर्स सिलगढी, दार्जिलिङ पब्लिक स्कूल, निर्मला कन्भेन्ट स्कूल, अक्सिलियम न्यू चुम्प्टा, महबर्ट स्कूल सिलगढी, जेरेमेल्स सिलगढी तथा सिजर मालबजार गरी १० विद्यालयका २३ जना शिक्षकहरूसहितको सहभागिता रहेको थियो। १३ प्रतिस्पर्धात्मक विधामध्ये ‘कोडशेफ'(CodeChef) र ‘कैप्चर द फ्लैग‘(Capture the Flag) ले प्राविधिक सोचलाई चुनौती दिए भने ‘सिस्गाइज’
(SciGuise) र सिनेमा(Scinema)ले सिर्जनात्मक अभिव्यक्तिको प्लेटफर्म प्रदान गरे। त्यस्तै ‘मैथविज़'(MathWiz), ‘बिज्विज़’ (BizWiz) र ‘क्रॉस व्यूज़'(CrossViews) जस्ता प्रतियोगिताहरूले विभिन्न क्षमता भएका विद्यार्थीलाई आफ्ना प्रतिभा देखाउने अवसर दिए।
कार्यक्रमको समापन भव्य समारोप तथा पुरस्कार वितरण समारोहसँगै गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement