३९औं फ्रेण्डशीप कप फूटबल टुर्नामेण्ट १ सेप्टेम्बरदेखि शुरु हुने

IMG-20250829-WA0067

खोआरडांगा: शारबारी बीआईएलडब्ल्यूजीडब्ल्यू क्लबको तत्त्वावधानमा ३९औं फ्रेण्डशीप कप फूटबल टुर्नामेण्ट १ सेप्टेम्बरदेखि शुरु हुनेछ। खोआरडांगा (शालबारी) मा हुने यस टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिनेछ। उद्घाटन म्याचमा सिक्किम ड्रेगन एफसी र एनवाईसी सेवोक बीच भिड़न्त हुनेछ। टुर्नामेण्टको फाइनल १७ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट शुभांकर बासुमाता ले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement