खरसाङ क्षेत्रका समाजसेवी, शिक्षक एंव सक्रिय विशिष्ट व्यक्ति दुर्गा सिंह छेत्रीको निधन

IMG-20250829-WA0065

खरसाङ खरसाङ क्षेत्रका समाजसेवी, शिक्षक एंव विभिन्न संघ संस्थाहरुसित संलग्न रहेर सक्रिय रुपमा कार्य गर्ने खरसाङका विशिष्ट व्यक्ति दुर्गासिंह छेत्रीको निधन भएको छ। उनको निधन हिजो राती लगभग १० बजीतिर ७८ वर्षको उमेरमा दिल्लीमा भएको छ। उनी विगत केही समयदेखि दिल्लीमा छोरा बुहारीसित बस्दै आएका थिए।‌ उनले आफुपछि छोरा-बुहारी, नातिनी, भाइहरु र अन्यलाई छोडी गएका छन्। उनको अन्तिम संस्कार‌ शुक्रबार दिउँसो दिल्लीमा नै गरिएको पारिवारिक स्रोतबाट जानकारी प्राप्त भएको छ। दुर्गा सिंह छेत्रीको जन्म २२ अगस्त १९४७ सालमा भएको थियो। उनी खरसाङको डेभिस प्राथमिक पाठशालामा पढेर त्यही नै १९६४ सालदेखि शिक्षकको रूपमा कार्य शुरु गरेका थिए भने यही प्राथमिक पाठशालाम लामो समयसम्म प्रधान अध्यापकको रुपमा कार्य गरेर २००७ सालमा अवकाशप्राप्त भएका थिए। उनले दागोपापबाट लाइफ टाइम्स एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो भने उनी जिल्ला पाठशाला पर्षदको सदस्य पनि रहेका थिए। उनी भारतको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्तकालयको‌ आजीवन सदस्य रहनुको साथै सह सचिव साथै अन्य विभिन्न पदहरुमा रहेर सक्रिय रुपमा कार्य गरेका थिए। उनी दुर्गा सिंह छेत्री जागृति परिवार खरसाङको मूल सचिवको रूपमा पनि सक्रिय कार्य गरेका थिए।‌ उनको निधनमा‌ जागृति परिवार खरसाङको वर्तमान सचिव प्रकाश प्रधानले श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरेका छन्।

उनले छेत्रीको निधनमा खरसाङलाई अपुरणीय क्षति भएको पनि बताएका छन्‌। दुर्गा सिंह छेत्री खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरु जस्तै, खरसाङ महकुमा खेलकूद संघ, खस हितकारी सम्मेलन, प्राथमिक शिक्षक‌ संगठन लगायत अन्यतिर संलग्न रहेर सक्रिय कार्य गरेका थिए।‌ उनले १९८६ सालको गोर्खाल्याण्ड आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए भने गोर्खाल्याण्ड आन्दोलनमा जेलसम्म पनि परेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement