डायमण्ड लीग फाइनलमा नीरज चोपड़ा उपविजेता, खिताब वेबरको झोलीमा

IMG-20250829-WA0060

ज्यूरिख: भारतका स्टार ज्याभलिन थ्रो एथलीट लगातार तेस्रो साल डायमण्ड लीग फाइनलमा खिताब जित्न असफल रहे। ज्यूरिखमा बिहीवार राति भएको ज्याभलिन थ्रो स्पर्धामा नीरजलाई संघर्ष गरिरहेको देखिए पनि उनले ८५.०१ मीटरको आफ्नो सर्वश्रेष्ठ प्रयासको साथ दोस्रो स्थान हासिल गरे। नीरजले यसअघि २०२२-मा डायमण्ड लीगको फाइनल जितेका थिए तर २०२३ र २०२०४ पछि यस साल पनि उनी उपविजेता रहे। स्पर्धामा जर्मनीका जूलियन वेबरले असाधारण प्रदर्शन गर्दै ९१.५१ मीटरको सर्वश्रेष्ठ थ्रो गरी खिताब जिते। यस सीजनमा नीरजको प्रदर्शन असल रहेको छ। डायमण्ड लीग फाइनल अघि ४ वटा क्वालीफाईंग चरणमा केवल २ वटामा हिस्सा लिए पनि नीरज चौथो स्थानमा रहेर फाइनलमा पुगेका थिए। नीरजले यस अवधि ९० मीटरको आँकड़ा पनि पार गरे, जुन गत केही समयको निम्ति चुनौती बनेको थियो। मईमा नीरजले दोहा चरणमा ९०.२३ मीटरको थ्रो गरेका थिए तर त्यहाँँ पनि उनी वेबरपछि दोस्रो स्थानमा रहेका थिए। त्यसपछि जूनमा नीरजले ८८.१६ मीटरको प्रयासको साथ पेरिस चरण जितेका थिए। यसपाली ज्यूरिखमा भएको फाइनलमा नीरजबाट असल प्रदर्शनको आशा गरिएको थियो तर उनी फेरि एकपल्ट वेबरपछि दोस्रो स्थानमा रहे।
वेबरले पहिलो प्रयासमै ९१ मीटरभन्दा अधिकको थ्रो गरी नीरजमाथि दबाउ सृष्टि गरे। नीरज आफ्नो पहिलो प्रयासमा ८४.३५ मीटरको थ्रो गरी तेस्रो स्थानमा रहे। वेबरले आफ्नो पहिलो प्रयासमै ९१.३७ मीटरको थ्रो गरे। दोस्रो स्थानमा त्रिनिदाद एण्ड टोबेगोका केशोर्न वालकट रहे, जसले ८४.९५ मीटरको थ्रो गरे। नीरजले आफ्नो दोस्रो प्रयासमा ८२ मीटरको दूरीमा भाला फ्याँके अनि तेस्रो स्थानमै रहे। यसरी वेबरले फेरि ९१ मीटरभन्दा अधिकको दूरीमा भाला फ्याँकेर शीर्ष स्थानलाई कायम राखे। उनले ९१.५१ मीटरको थ्रो गरे। दोस्रो प्रयासपछि पनि वालकट दोस्रो स्थानमा थिए, जसले ७९.९१ मीटरको थ्रो गरे। नीरजलाई फर्ममा देखिएन अनि उनको तेस्रो, चौथो र पाँचौं प्रयास फाउल रह्यो। यसले उनको स्थानलाई कुनै फरक परेन अनि तेस्रो स्थानमा कायम रहे। दुईपल्टका ओलम्पिक पदक विजेता नीरजले आफ्नो छैटौं तथा अन्तिम प्रयासमा चाहिँ गियर बद्लिए अनि ८५.०१ मीटरको थ्रो गरी वालकटलाई पछि छोड़ेर दोस्रो स्थान हासिल गरे। यसबीच वेबर चाहिँ अन्तसम्म शीर्ष स्थानमा कायम रहे। वेबरले चौथो प्रयासमा ८३.६६ मीटर, पाँचौं प्रयासमा ८६.४५ मीटर र छैटौं प्रयासमा ८८.६६ मीटरको थ्रो गरे। वेबरको दोस्रो प्रयास सर्वश्रेष्ठ रह्यो अनि उनले खिताब जिते। वालकटले तेस्रो प्रयासमा ८१.७८ मीटरको थ्रो गरे जबकि चौथो प्रयास फाउल रह्यो। उनले पाँचौं र छैटौं प्रयासमा क्रमशः ७७ मीटर र ७८.३० मीटरको थ्रो गरे। यसरी ८४.९५ मीटरको सर्वश्रेष्ठ प्रयासले उनलाई तेस्रो स्थान दिलायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement