सलोनी राई स्मृति नक्आउट फूटबलः कालेबुङ पुलिस सजिलै विजयी

IMG_20220921_190121.jpg

२१ सेप्टेम्बरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा कालेबुङ पुलिस अघिल्लो राउण्डमा पुग्यो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा आज खेलिएको म्याचमा कालेबुङ पुलिसले रेड बूल्स बिजनबारीलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रनीत सुन्दासले २ गोल गरे। यसबाहेक अमित तामाङ र रोशन राईले १-१ गोल गरे। अब बिहीवार खेलिने म्याचमा जेपीएफसी बाघडुग्रा र अल स्टार रम्बीबीच भिड़न्त हुनेछ। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।

About Author

Advertisement