बन्दुकधारी सहित तीन जनाको मृत्यु, १७ जना घाइते
न्यूयोर्क: अमेरिकाको क्याथोलिक विद्यालयमा बुधबार अज्ञात व्यक्तिले गरेको गोलीबारीबाट दुई बालबालिकाको मृत्यु भएको छ। मिनेसोटाको दक्षिणी क्षेत्र मिनियापोलिसमा अवस्थित एक विद्यालयमा गोलीबारी भएको हो। रिपोर्टका अनुसार, घटनामा १७ जनाभन्दा बढी घाइते भएका छन्। स्थानीय अधिकारीहरूले गोलीबारी गर्ने व्यक्तिको पनि मृत्यु भएको बताएका छन्।
गोलीबारी सम्बन्धी स्थानीय अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, हाम्रा टोलीहरू संकटको समयमा प्रतिक्रिया दिन प्रशिक्षित छन् र प्रभावित बालबालिकाको हेरचाह गर्न पूर्ण रूपमा तयार छन्। हाल, छ जना बालबालिका हेरचाहको लागि हाम्रो अस्पतालमा भर्ना छन्।
राष्ट्रपति ट्रम्पले यस घटनाको बारेमा सामाजिक सञ्जालमा लेखेका छन् कि उनलाई यस घटनाको बारेमा पूर्ण जानकारी दिइएको छ। एफबीआई अधिकारीहरूले तुरुन्तै कारबाही गरे र तिनीहरू त्यहाँ उपस्थित छन्। ह्वाइट हाउसले पनि परिस्थितिको निगरानी गरिरहेको छ। मिनियापोलिसका मेयर ज्याकब फ्रेले भने, यो अकल्पनीय कार्यको भयावहता शब्दमा वर्णन गर्न सकिँदैन। २४ घण्टामा मिनियापोलिसमा चौथो गोलीबारी घटना:
२४ घण्टा भन्दा कम समयमा मिनियापोलिसमा यो चौथो गोलीबारी घटना हो। मंगलबार दिउँसोदेखि मिनियापोलिसमा अन्य तीन छुट्टाछुट्टै गोलीकाण्डका घटना भएका छन्। मंगलबार दिउँसो १:३० बजेतिर शहरको फिलिप्स क्षेत्रमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।









