२१ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा मल्ली एफसी-ले रोमाञ्चक जीत हासिल गऱ्यो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको दोस्रो राउण्डको म्याचमा मल्ली एफसी-ले रोंगचोंग सुन्तले ड्राइवर्स वेलफेयर एसोसिएशन (आरएसडीडब्ल्यूए)-लाई टाईब्रेकरमा ३-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१ रहेको थियो। नियमित समयमा मल्ली एसी-बाट कृतन छेत्री र आरएसडीडब्ल्यूए-बाट राजा साईबोले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा 36 वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।