न्यूयोर्क: रुसका स्टार टेनिस खेलाड़ी दानिल मेदवेदेव यूएस ओपन २०२५-को पहिलो राउण्डमा हारको साथ विवादमा फसेका छन्। म्याचको अवधि कोर्टमा खेल भावनाको विपरीत आचरण र रिसले टेनिस ऱ्याकेट भत्काएको मामिलामा उनीमाथि भारी जरिमाना लगाइएको छ। टुर्नामेण्ट रेफरी ज्याक गार्नरले मेदवेदेवमाथि जम्मा ४२,५०० डलर (लगभग ३५.७ लाख रुपियाँ)-को जरिमाना लगाएका छन्, जुन उनको म्याच फीस १,१०,००० डलरको लगभग एक-तिहाई हिस्सा हो। मेदवेदेव आफ्नो प्रतिद्वन्द्वी फ्रान्सका बेञ्जामिन बोञ्जीविरुद्ध म्याचको तेस्रो सेट खेलिरहेको समय घटना भएको थियो। बोञ्जी ५-४-ले अघि रहेका थिए अनि त्यही समय अचानक एकजना फोटोग्राफर कोर्टको किनारमा हिँड़न थाले, जसले मेदवेदेवको ध्यान भंग गऱ्यो। उनले तुरन्तै चेयर अम्पायर ग्रेग एलेन्सवर्थसँग नालिश गरे तर अम्पायरले फोटोग्राफरलाई हटाएपछि बोञ्जीलाई फेरि पहिलो सर्विस गर्ने अनुमति दिए। त्यस फसेलापछि मेदवेदेवले रिसलाई काबूमा राख्न सकेनन् अनि कोर्टमा रिस देखाए। दर्शकहरूले पनि उनलाई जिस्काउन शुरु गर्दा खेल धेरै बेरसम्म रोकियो।
त्यस घटनारछि चेयर अम्पायरले फोटोग्राफरलाई कोर्टबाट बाहिर जाने आदेश दिए अनि उनको मान्यता पनि रद्द गरे। यति गरेपछि पनि मेदवेदेवको रिस कम्ती भएन अनि म्याच समाप्त भएपछि उनले आफ्नो ऱ्याकेट भत्काएर रिस देखाए। टुर्नामेण्ट रेफरीले मेदवेदेवविरुद्ध २ अलग-अलग आरोपमा जरिमाना लगाएको छ। यसमा ३०,००० डलर खेल भावना विपरीत आचरण र १२,५०० डलर ऱ्याकेट तोड़ेको निम्ति हो। यसरी मेदवेदेवमाथि जम्मा ४२,५०० डलरको जरिमाना लगाइयो। मेदवेदेव आफ्नो रिसले गर्दा विवादमा फसेको यो पहिलोपल्ट होइन। पूर्व नम्बर १ खेलाड़ी भए पनि धेरैपल्ट अनुशासनहीनता र विवादित वर्तावहरूले गर्दा उनले आफ्नो छवि बिगारेका छन्। यूएस ओपनको घटनाले एकपल्ट फेरि उनको आचरणलाई उदांगो गरेको छ।