नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधवार भएको केन्द्रीय केबिनेट बैठकमा भारतले २०३० कमनवेल्थ गेम्सको निम्ति बोली लगाउने प्रस्तावलाई मञ्जुरी दिइयो। सरकारले अहमदाबादलाई यस आयोजनको निम्ति आदर्श शहर बताउँदै यहाँ विश्वस्तरीय स्टेडियम, अत्याधुनिक ट्रेनिंग सुविधाहरू र खेलप्रति जोशको माहोल रहेको बतायो। यो फसेला यस्तो समयमा आएको छ जब केही दिन अघि भारतीय ओलम्पिक संघ (आईओए) ले ‘एक्सप्रेशन अव् इण्टरेस्ट’ जमा गरेपछि भारतको यस बोलीलाई मञ्जुरी दिएको थियो। प्रेस इन्फोर्मेशन ब्यूरोको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा रहने केन्द्रीय केबिनेटले युवा मामिला एवम् खेल मन्त्रालयको त्यस प्रस्तावलाई मञ्जुरी दिएको छ, जसमा भारतको तर्फबाट २०३० कमनवेल्थ गेम्सको आयोजकको बोली लगाउने अनुमति मागिएको थियो। २०३० कमनवेल्थ गेम्सको निम्ति बोली लगाउने अन्तिम तारिख ३१ अगस्त हो। यसको निम्ति आईओए-ले आउँदो ४८ घण्टाभित्र समस्त प्रक्रिया पूरा गर्ने जानकारी प्राप्त भएको छ। यो बोली सफल भए भारतले दोस्रोपल्ट कमनवेल्थ गेम्सको आयोजन गर्नेछ। यसअघि २०१०-मा नयाँ दिल्लीमा कमनवेल्थ गेम्सको आयोजन भएको थियो।