गणेश चतुर्थीकाे मुख्यमन्त्रीले दिए हार्दिक बधाई एवं शुभकामना

IMG-20240924-WA0304

गान्तोक: गणेश चतुर्थीकाे पावन अवसरमा, मुख्यमन्त्री प्रेमसिङ तामाङले सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले आफ्नाे सन्देशमा भने, ज्ञान र समृद्धिका अग्रदूत भगवान गणेशले हामी प्रत्येकलाई खुशी, सफलता र सकारात्मकताको आशीर्वाद दिऊन्।
उहाँले हाम्रो मार्गबाट सबै बाधाहरू हटाऊन् र हामीलाई सद्भाव र पूर्णताको जीवनतर्फ डोऱ्याऊन्।
मुख्यमन्त्रीले यो पवित्र पर्वलाई भक्ति, एकता तथा उज्ज्वल र समृद्ध भविष्यको लागि नयाँ आशाका साथ मनाऔं भनी आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement