सञ्चमान लिम्बू सरकारी कलेजमा सहकारिता अभिमुखी कार्यक्रम

IMG-20250827-WA0194

गेजिङ: अन्तर्राष्ट्रीय सहकारी वर्षअन्तर्गत आज गेजिङस्थित सञ्चमान लिम्बू सरकारी महाविद्यालयमा सहकारितालाई लिएर एक दिवसीय सचेतना कार्यक्रम आयोजन गरियो। गेजिङ जिल्ला सहकारी विभागको पहलमा आयोजित कार्यक्रमको थिम सहकारिताले राम्रो संसार निर्माण गर्छ रहेको थियो। गेजिङ जिल्लामा सहकारिता सचेतनालाई लिएर दोस्रोपल्ट सचेतना कार्यक्रम आयोजन गरिएको हो। उक्त कार्यक्रमको शुरूवात गत २ अगस्तमा शुरू भएको हो। उल्लेखनीय छ, नोभेम्बर २०२४ मा आधिकारिक रूपमा शुरु गरिएको संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ ले विश्वव्यापी रूपमा समावेशी, दिगो र लोकतान्त्रिक विकासलाई प्रवर्द्धन गर्नको साथै सहकारीको महत्त्वपूर्ण भूमिकालाई उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रमले सहकारिताको महत्वबारेमा कुशलतापूर्वक जागरूकता प्रदान गरेको छ। विद्यार्थीहरूलाई उद्यमशीलता, रोजगारी र समावेशी सामुदायिक विकासको माध्यमकोरूपमा यस क्षेत्रभित्र अवसरहरू खोज्ने प्रेरित गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि डा. भक्त कुँअरले ग्रामीणस्तरमा लोकतन्त्रलाई सुदृढ पार्न, स्थानीय रोजगारी सिर्जना गर्न र सामुहिक प्रयासहरूमार्फत आत्मनिर्भरतालाई प्रोत्साहित गर्न सहकारी आन्दोलनको महत्त्वमाथि उनले जोड दिए। उनले विद्यार्थीहरूलाई प्रशिक्षण कार्यक्रममा सक्रियरूपमा सहभागी बन्दै यसलाई कार्यन्वयन गर्नुपर्ने विषयमा प्रकाश पारे। सोही प्रकारले सहकारी समितिका संयुक्त रजिस्ट्रार लादेन गेनसापाले विद्यार्थीहरूलाई सहकारी विभागसँग आबद्ध भएर काम गर्दै अवसरलाई सदुपयोग गर्ने सुझाउ दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement