आमा सहयोग योजना अन्तर्गत चेक वितरण

IMG-20250827-WA0193

नाम्ची: एसकेएम याङयाङ पार्टी कार्यालय र याङयाङ खण्ड प्रशासनिक केन्द्रको संयुक्त पहलमा आज आमा सहयोग योजनाको चेक वितरण कार्यक्रम सम्पनन भयो। यस अवसरमा एक सयजना लाभार्थीहरूमध्ये ६० जनालाई चेक हस्तान्तरण गरियो। यसअन्तर्गत कोल्थाङ, तोक्दे, निया माञ्जिङ, सिरिपताम, गाग्योङ र याङगाङ राङगाङ ग्राम पञ्चायत यूनिटका लाभार्थीहरु सहभागी थिए। रहल ४० जना राबोङ खोप र राङके साङमो जीपीयूका छन्। चेक वितरण कार्यक्रममा क्षेत्र विधायक एवं सिक्किम विधानसभा उपाध्यक्ष राजकुमारी थापालगायत अन्य अधिकारीहरुको उपस्थिति रहेको थियो। सिक्किम आमा सहयोग योजना राज्य सरकारको एक ध्वजवाहक कार्यक्रम हो। यस योजनाको मुख्य उद्देश् आमाहरूलाई आर्थिकरूपमा मजुबत बनाउनु रहेको छ। विशेष गरेर आर्थिकरूपमा कमजोर रहेका आमाहरूलाई स्वनिर्भर बनाउने उद्देश्यले राज्य सरकारले आमा सहयोग योजना शुरू गरेको उल्लेख गरेको छ। यस योजनाअन्तर्गत आमाहरूले वर्षमा चारवटा ग्यास निःशुल्क भर्न पाउनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement