विधायक राईद्वारा नवनिर्मित जिल्ला अस्पतालको निरीक्षण

IMG-20250827-WA0192

नाम्ची: नामची सिङ्गीथाङ् निर्वाचन क्षेत्रका क्षेत्र विधायक सतीशचन्द्र राईले आज नाम्चीस्थित नवनिर्मित जिल्ला अस्पतालको निरीक्षण गरे। निरीक्षणमा नाम्चीका जिल्लापाल अनुपा ताम्लिङ, जिल्ला चिकित्सा अधिकारी डा. एसएन अधिकारी, महकुमा अधिकारी निम पिन्छो भोटिया लगायत अन्य अधिकारीहरु उपस्थित थिए। स्वास्थ्य विभागका सचिवको सल्लाहअनुसार अस्पतालको प्रगति मूल्याङ्कन सुनिश्चितता गर्न निरीक्षण गरिएको हो। विधायक राईले अस्पताललाई शीघ्र नयाँ भवनमा स्थानान्तरण गर्नुपर्ने आवश्यकतामाथि जोड़ दिए। उनले स्वास्थ्य सेवास्तर विकास, पूर्वाधार र स्वास्थ्यकर्मीहरूको आवश्यकता अनुरूप कार्य भइरहेकोमा सन्तोष व्यक्त गरे। उनले निर्माण इञ्जिनियरलाई बाँकी काम छिटो पूरा गर्ने निर्देशन दिँदै पुनः स्थल भ्रमण गरी प्रगतिलाई समीक्षा गर्ने प्रतिबद्धता जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement