नाम्ची: दक्षिण जिल्ला पञ्चायत अध्यक्ष अञ्जीता राजालीमले आज नाम्चीमा जिल्ला फेस्ट २०२५ को उद्घाटन गरिन्। कार्यक्रममा स्व–सहायता समूहद्वारा उत्पादित उत्पादहरु राखिएका छन्। यसबीच आठवटा विभिन्न विभागबीच अन्तर–विभागीय टेबल टेनिस र गायन प्रतियोगिता पनि आयोजन गरियो। कार्यक्रमको सुरुवात हाटको औपचारिक उद्घाटनसँग भएको थियो। यो पहलले स्थानीय उद्यमशीलता र आर्थिक सशक्तीकरणलाई प्रवर्द्धन गर्दै समूहहरूलाई आफ्ना उत्पादनहरू प्रदर्शन र बिक्री गर्न सक्ने मञ्च उपलब्ध गराउने उद्देश्य राखेको छ। त्यसपछि अन्तर–विभागीय टेबल टेनिस र गायन प्रतियोगिता सम्पन्न भयो। कार्यक्रमको अर्को विशेष आकर्षण कर्मचारीहरुको बिदाई थियो। जसअन्तर्गत सेवाकालमा गरेको समर्पण र योगदानको सम्मानस्वरूप सम्मान गरियो। जिल्ला पञ्चायत अध्यक्ष राजालिमले आफ्नो सम्बोधनमा सिक्किमको संस्कृति र परम्परालाई जगेड़ा समुदायको पहिचान र एकताको आधार रहेको बताइन्। उनले प्रतियोगितामा सहभागी सबै टोलीलाई उत्साहका लागि बधाई दिँदै, कार्यक्रम सफल बनाउन योगदान गर्ने सबैप्रति आभार व्यक्त गरिन्। त्यसैगरी, विदा हुने सरकारी कर्मचारीहरूलाई सम्मानित गरियो। कार्यक्रमका अतिथि मिङ्मा डेन्डुप शेर्पालाई पनि सम्मानित गरियो। पुरुष टेबल टेनिसमा आकास राई र महिला टेबल टेनिसमा रञ्जिता राई वनिजयी भए।