गान्तोक: आधारिक भ्रमणमा दिल्ली पुगेका राज्यका धर्म तथा पीएचई विभागीय मन्त्री सोनाम लामा्ले आज केन्द्रीय जलशक्ति मामिला मन्त्री सीआर पाटिलसँग भेट गरे। भेटको क्रममा मन्त्री लामाले राज्यका कैयौ समस्याहरुबारे जानकारी गराए। विशेष गरेर सिक्किमको बुद्ध पार्कजस्ता प्रमुख पर्यटकीय गन्तव्य र अन्य स्थानहरुमा देखा परेको समस्याहरुबारे जानकारी गराए। यस क्रममा पछिल्लो २०२३ मा आएको विनासकारी बाढ़बाट प्रभावित चुङथाङ र मंगनमा ढल निकासी प्रणालीमा सुधार गरिनु पर्ने विषयमाथि केन्द्रीय मन्त्रीसँग छलफल गरे। केन्द्रीय मन्त्रीले सिक्किम राज्यको समस्याबारे जायजा लिँदै आवश्यक सहयोगको वचन दिए।