नशालुपदार्थसितै तीन पक्राउ

IMG-20250827-WA0188

गान्तोक: नाम्ची जिल्लाको तिमी पुलिसले प्रतिबन्धित नशालुपदार्थसहित तीनजनालाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा तिक्जुक निवासी रोशन राई, प्रकाश राई र बुम बडा साम्दोङ निवासी विशाल राईकोरूपमा चिन्हित गरेको छ। पुलिसले जानकारी गराएअनुसार आरोपीहरूलाई पुलिसले दलेपबाट भारी मात्रामा नशालुपदार्थसितै पक्राउ गरेको हो। आरोपीहरू एसके-०६-जेट ०११४ वाहनमा नशालुपदार्थ बिक्री गर्न गइरहेको अवस्थामा पक्राउ परेको हो। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement