सोनादा: २० प्रतिशत बोनसको लागि पहल गरिदिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन मार्गरेट्स होप युनिट र चिया श्रमिकहरुको तर्फबाट जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिइएको छ। यस विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन मार्गरेट्स होप शाखाको संयोजक गुञ्जन रम्तेल, सभापति सम्भु ब्लोन र सचिव सुवास तामाङ साथै सम्पूर्ण प्रतिनिधिहरुलाई लिएर पत्रकार सम्मेलन बोलाएर यसपाली पहाड तराई क्षेत्रमा रहेका चियाबारी श्रमिकहरुका लागि जीटीए प्रमुख एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको पहलमा राज्य सरकारको श्रम विभागबाट बीस प्रतिशत बोनसको लागि एडभाइजरी निकालेकोमा धन्यवाद दिएका छन्। प्रतिनिधिहरुले सम्पूर्ण चियाबारी श्रमिकहरुका तर्फबाट अनित थापालाई धन्यवाद दिएका छन्।