तीनधारेमा‌ तीन दिवसीय गणेश चतुर्थीको अवसरमा कलश यात्रासहित रैली सम्पन्न

IMG-20250827-WA0177

खरसाङ: तीनधारेमा तीन दिवसीय गणेश चतुर्थी एंव गणेश उत्सवको अवसरमा तीनधारेमा धार्मिक रैलीको आयोजना गरिएको छ। तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिर समितिको आयोजनामा तीन दिवसीय गणेश चतुर्थी साथै गणेश उत्सवको अवसरमा मन्दिर परिसरदेखि कलश यात्राको साथमा रैली निकालेर तीनधारे क्षेत्रमा परिक्रमा गरिएको छ। उक्त रैलीमा समाजसेवी अनुप गदाल अतिथिको रुपमा उपस्थित रहेका थिए‌ भने रामेश्वर शिवालय मन्दिर समितिको सभापति बिमल गुरुङ र सचिव विनयकुमार छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त रामेश्वर शिवालय मन्दिरमा‌ साँझ ६ बजीदेखि बाल विकास केन्द्र तीनधारेद्वारा भजन कीर्तन गरिएको छ भने राती स्थानीय कलाकारहरुले भजन कीर्तन प्रस्तुत गरेका छन्। यसको साथै २८ अगस्त बिहीबार मानव उत्थान सेवा समिति तीनधारे शाखा र दार्जिलिङ महाकाल सेवा समितिको तर्फबाट भजन कीर्तन गरिने भएको छ। यसको साथै २९ अगस्तको दिन पूर्णावती कार्यक्रम हुने भएको छ भने स्थानीय गायकहरुलाई लिएर भजन कीर्तन गरिने भएको छ।

उक्त तीन दिवसीय गणेश चतुर्थी एंव गणेश उत्सवको मुख्य उद्देश्य विश्व शान्ति र कल्याण साथै सबैमा सुख-शान्ति बनिरहोस् भनी आयोजना गरिएको जानकारी प्राप्त भएको छ। तीनधारेमा आयोजित गणेश चतुर्थी कार्यक्रम चौथो वर्षमा पुगेको समितिको सचिव विनयकुमार छेत्रीले बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement