मानव सेवा नै वास्तवमा माधव सेवा हो। यो उक्तिलाई आत्मसात गरेर महात्मजन्, उदारवादी व्यक्तिहरु आफ्नो जीवनलाई मानव सेवामा लगाउने गर्छन्।यसरी सेवाको भावले ओतप्रोत भएर गरिएका ससाना सेवा कार्यहरुले धेरै मानिसले नयाँ जीवन पाएका थुप्रै घटनाहरु छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाले यात्री कवितामा यही उदगार पोखेका छन्।
“हे जाउ समाउ, आतृहरुका पाउ
मलम लगाउ चहराइरहेका घाउ।”
आज एउटा यस्तै सहयोगको खाँचो पर्न जाँदा सम्पुर्ण उदार ह्रदय महानुभावहरुमा यो खबर हामी सम्प्रेषण गर्न गइरहेका छौ।सामसिङको मण्डल गाउँ निवासी सुक बहादुर भुजेल र मिनु भुजेलको पुत्र बिबेक भुजेलको दुवैवटा मृगौला खराब भएको छ।उनलाई बचाउन हेतु उनकी आमाले आफ्नो एउटा मृगौला दान गर्ने भएको छ। तर मृगौला प्रत्यारोपण गर्नमात्र पनि धेरै खर्च लाग्ने कुरो सर्वविदितै छ। यस्तो अवस्थामा मध्यमवर्गीय परिवारको लागि यो फलामको चिउरा चपाउनु बराबर हो। तसर्थ भुजेल परिवारले सबैसित यथाशक्य आर्थिक सहयोगको निम्ति अपिल गरेका छन्। तपाई हाम्रो अलिकति सहयोग पनि यतिबेला उनीहरुको लागि धेरै बन्छ। तसर्थ आउनुहोस तपाई हामी सबै मिलेर विवेकलाई नयाँ जीवन दान दिनमा कम्मर कसौ।
बैंक: स्टेट बैंक ऑफ़ इंडिया
खाता संख्या: ४१८५००६९५१५ .
आईएफएससी कोड:
एसबीआईएन००००१८४
(SBINO000184)
खाताधारक: ऋचा भुजेल
फोन नम्बर: ८३८८८३१८१५/९८८३८८७२०७