जीटीए क्षेत्रको लागि तकदाहको ईञ्जिनियरिङ कलेज एउटा ठूलो उपलब्धि हो: अमित थापा

IMG-20250827-WA0153

तकदाह: जीटीए क्षेत्रको लागि तकदाहको ईञ्जिनियरिङ कलेज एउटा ठूलो उपलब्धि हो। २०१७ देखि हाम्रो यात्रामा रंगली रंगलीयट खण्डले हिल युनिभर्सिटी र यो ईञ्जिनियरिङ कलेज पाएको छ। यो हामी सबैको धरोहर हो र यसलाई हामी सबैले संरक्षण गर्नुपर्छ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। उनले तकदाहमा जीटीए क्षेत्रकै पहिलो ईञ्जिनियरिङ कलेज दार्जिलिङ हिल इन्स्टिट्युट अफ् टेक्नोलोजी एण्ड म्यानेजमेन्ट केन्द्रको उदघाटन गरेपछि प्रमुख अतिथिको रुपमा बोल्दै भने, आज म आफै खुशी छु। हाम्रो यात्रामा यो ठूलो उपलब्धि हो। मेरोमा सहने शक्ति मात्र होइन तर काम गर्ने क्षमता पनि छ। आज म यही मञ्चबाट राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि धन्यवाद दिन्छु। किनभने जसले काम गर्दैछ उसलाई धन्यवाद दिनुपर्छ। जीटीएमा काम गर्ने माहोल सृजना गरेको छु। सबैले आफ्नो घरमा जस्तै काम गर्दैछ‌ कारण मैले काम गर्ने माहोल सृजना गरेको छु।’
थापाले अघि भने, दार्जिलिङ हिल इन्स्टिट्युट अफ् टेक्नोलोजी एण्ड म्यानेजमेन्ट केन्द्र हाम्रो लागि ठूलो उपलब्धि हो। तर हाम्रोमा हुँदा हुँदै पनि बाहिर गएर पढ्ने प्रथा छ। यो कुरा हाम्रो अभिभावकहरुले बुझ्नुपर्छ। अब हामीले आफुले आफुलाई विश्वास गर्नु सक्नुपर्छ।’
जीटीए प्रमुख अनित थापाले अझ भने, हामीले नेगेटिभ न्यारेटिभलाई मात्र लिनु हुँदैन तर हाम्रो उपलब्धिलाई स्वीकार्नुपर्छ। हामीले काम गर्दा व्यक्तिगत रुपमा होइन तर सामुहिक विकासलाई हेरेर काम गर्नुपर्छ।‌मेरो एउटै मनसाय छ पहाडमा शान्ति स्थापना गर्नु हो र पहाडमा शान्ति स्थापनाको परिणाम आज। देखिएको छ‌। मानिसहरुले भोट आफ्नोे खुशीले दिन्छन् तर हाम्रो लक्ष्य भनेको हाम्रो पहाडलाई राम्रो पहाड बनाउनु हो।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement