कालेबुङ: गोरामुमोको कालेबुङअन्तर्गत २४ नम्बर समष्टिमा ९ वटा ग्राम समितिका केन्भेनरलगायत सचिवहरुलाई लिएर सांगठनिक सभा सम्पन्न भयो। सभामा समष्टिलाई बलियो बनाउनको निम्ति व्यापक छलफल गरिएको गोरायुमो केन्द्रीय समिति सदस्य दिनेश भुजेलले जानकारी दिएका छन्। उनले थप जानकारी दिएअनुसार गोरामुमो केन्द्रीय समितिको बैठक पछि अध्यक्ष मन घिसिङद्वारा महेन्द्र छेत्रीलाई महासचिव पदमा चयन गरिएकोमा कालेबुङ २४ नम्बर समष्टिले भव्य स्वागत जनाएको छl