नयाँ दिल्ली: भारतीय टी२० टीमका कप्तान सूर्यकुमार यादव चोटपछि खेल मैदानमा फर्किन तयार छन्। सूर्यकुमारले चोटले गर्दा सर्जरी गराउनु परेको थियो। सर्जरीपछि लामो पुनर्वास (रिह्याबिलिटेशन) प्रक्रिया पनि रहेको थियो। सूर्यकुमार आईपीएल २०२५ पछि मैदानबाट बाहिर रहेका छन् अनि आउँदो महिना एशिया कपको साथ उनी प्रतिस्पर्धी क्रिकेटमा फर्किनेछन्। भारतीय टीमले उनकै कप्तानीमा एशिया कपमा आफ्नो खिताब बचाउने अभियान शुरु गर्नेछ। सूर्यकुमारले एशिया कप अघि आफ्नो चोटबारे चर्चा गर्नको साथै यस ब्रेकले उनलाई आफ्नो सर्वश्रेष्ठ स्तरमा फर्किने मौका प्रदान गरेको बताए। सूर्यकुमारले बेंगलुरु स्थित भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-को सेण्टर अव् एक्सीलेन्समा पुनर्वास प्रक्रिया पूरा गरेका थिए। बीसीसीआईले सोशल मीडियामा एउटा भीडियो पोस्ट गरेको छ, जसमा सूर्याले आफ्नो चोट तथा पुनर्वास प्रक्रियादेखि लिएर मैदानमा फर्किनेबारे कुरा गरेका छन्। सूर्यकुमारले भने, अहिले म धेरै असल अनुभव गरिरहेको छु। पुनर्वासमा ५-६ हप्ता बिताएँ। अहिले शरीर सही आकारमा रहेको छ। पुनर्वासको अवधि तपाईंको वरिपरि अससल मानिसहरू रहन्छन् अनि उनीहरूका मार्गदर्शनले काम सजिलो भयो। खेलबाट प्राप्त भएको यस ब्रेकले मलाई आफ्नो सर्वश्रेष्ठ स्तरमा फर्किनमा सहायता गऱ्यो। यस अवधि मैले आफूलाई शारीरिक र मानसिक रूपले तयार गर्न सके। पहिलोपल्ट चोटको गम्भीरताबारे थाहा लाग्दा कस्तो अनुभव भएको थियो भन्ने प्रसंगमा सूर्यकुमारले भने, मलाई आईपीएलको अन्ततिर चोटबारे थाहा लाग्यो। मलाई गत वर्ष पनि यस्तै प्रकारको चोट लागेको थियो। यसैकारण मैले सर्जरी गराउने फसेला गरे। उल्लेखनीय छ, सूर्यकुमारको २०२३-मा खुट्टा अनि २०२४-को शुरुवातमा स्पोर्ट्स हर्नियाको अझ एउटा सर्जरी भएको थियो।