मुम्बई: ईंग्ल्याण्डका दिग्गज ब्याटर जो रुट भारतका महान क्रिकेटर सचिन तेन्दुलकरको सर्वाधिक टेस्ट रनको रेकर्ड तोड़ने दिशामा तेजीको साथ अघि बढ़िरहेका छन्। सचिनको नाममा टेस्ट क्रिकेटको इतिहासमा सर्वाधिक १५९२१ रन बनाउने रेकर्ड रहेको छ अनि ३४ वर्षीय रुट अहिले १३५४३ रनको साथ दोस्रो स्थानमा रहेका छन्। रुटले साल २०२१ देखि ६१ वटा टेस्ट म्याचको १११ वटा ईनिंग्समा ५६.६३-को औसतले ५७२० रन बनाएका छन्। यस प्रदर्शनलाई जारी राख्न सके उनले आउँदो २-३ सालमा सचिनको रेकर्ड तोड़्न सक्ने कुरालाई अस्वीकार गर्न सकिँदैन। सचिनले ‘आस्क मी एनिथिंग’ कार्यक्रममा जो रुटको प्रशंसा गरेका छन्। उनले भने, १३००० टेस्ट रनको आँकड़ालाई पार गर्नु असाधारण उपलब्धि हो अनि उनी अहिले पनि मजबूतीको साथ अघि बढ़िरहेका छन्। मैले उनलाई पहिलोपल्ट २०१२-मा नागपुरमा टेस्ट पदार्पण गर्दा देखेको थिएँ अनि मैले त्यही समय उनमा ईंग्ल्याण्डको भविष्यको कप्तानलाई देखेको थिएँ। मैले यसबारे आफ्ना साथीहरूसँग चर्चा पनि गरेको थिएँ। रुटको विकेटलाई पढ़ने र स्ट्राइक रोटेट गर्ने क्षमताले म प्रभावित भएको थिएँ। त्यही समय मलाई यस खेलाड़ीले भविष्यमा गएर केही खास गरेर देखाउने लागेको थियो। सचिनले रुटको उपलब्धिहरूको प्रशंसा गरे तर साथमा असली चुनौती बाँकी रहेको संकेत पनि दिए। गत केही सालको प्रदर्शनलाई बिचार्दा रुटले सचिनको रेकर्ड्स तोड़ने सम्भावना रहेको छ तर यो काम त्यति सजिलो पनि हुनेछैन। सचिनको भनाइअनुसार, यस उपलब्धिसम्म पुग्न धेरै कठिन हुनेछ अनि रुटले आउँदो सालहरूमा सबैभन्दा ठूलो परीक्षाको सामना गर्नु पर्नेछ।