हकीप्रेमीहरूले फ्री-मा एशिया कपको म्याचहरू हेर्न सक्ने

IMG-20250827-WA0002

राजगीर: हकी इण्डियाले बिहीवार २९ अगस्तदेखि शुरु भइरहेको एशिया कपको अवधि दर्शकहरूलाई सित्तैमा प्रवेश प्राप्त हुने घोषणा गऱ्यो। हकी इण्डियाले एउटा बयानमा भनेको छ, प्रशंसकहरूले डब्ल्यूडब्ल्यूडब्ल्यू टिकट जिनी डट कम या हकी इण्डियाको ऐपको माध्यमले सित्तैमा टिकट पाउन सक्नेछन्। प्रक्रिया पूरा गरेपछि उनीहरूलाई भर्चुअल टिकट प्राप्त हुनेछ। पुरुषहरूका एशिया कप टुर्नामेण्टमा आठवटा टीमले हिस्सा लिनेछ। यसमा आयोजक भारतको साथमा जापान, चीन, कजाखस्तान, मलेशिया, दक्षिण कोरिया, बंग्लादेश र चाइनीज ताइपेको टीम सामेल छ। यो २०२६-मा नीदरल्याण्ड र बेल्जियममा हुने वर्ल्ड कपको निम्ति क्वालीफायर टुर्नामेण्ट पनि हुनेछ। भारत पूल ए-मा जापान, चीन र कजाखस्तानसँग ररहेको छ। भारतले २९ अगस्तमा चीन, ३१ अगस्तमा जापान र १ सेप्टेम्बरमा कजाखस्तानविरुद्ध खेल्नेछ। वर्तमान ओलम्पिक काँस्य पदक विजेता तथा एशियाको शीर्ष टीम भारतले अन्तिमपल्ट २०१७-मा ढाकामा भएको एशिया कपमा खिताब जितेको थियो। त्यस समय टीमले फाइनलमा मलेशियालाई २-१-ले पराजित गरेको थियो। भारतीय टीम २०२२-मा जकार्तामा खेलिएको एशिया कपमा दक्षिण कोरिया र मलेशियापछि तेस्रो स्थानमा रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement