इंग्ल्याण्डको दुर्गाभवन मन्दिर बाहिर हिंसात्मक प्रदर्शनमा आईएसआईको हात रहेको आरोप

00-Durga-Bhawan

नयाँ दिल्ली: मङ्गलबार साँझ इंग्ल्याण्डको स्मेथविकस्थित दुर्गा भवन मन्दिर बाहिर भीडले हिंसात्मक रुप लिएको थियो। जसका कारण पछिल्लो समय लेस्टरजस्तो हिंसाको सम्भावना फेरि उत्पन्न भएको छ। संचारमाध्यमहरूको रिपोर्टअनुसार यो काम पाकिस्तानी हिन्दू विरोधी समूहहरूले गरेको हो। जसलाई पाकिस्तानको मुख्य गुप्तचर एजेन्सी इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) का अधिकारीहरूले उक्साएको बताइएको छ। यस हिंसात्मक प्रदर्शनमा मन्दिर परिसरतर्फ बोतलहरू फ्याँकिएको थियो। यससँगै प्रदर्शनकारीले मन्दिरका पदाधिकारीलाई धम्की र गाली पनि गरेका थिए। अनियन्त्रित भीडले पटाका पड्काएर मन्दिर भित्र फाले। सोही क्रममा पुलिसले मन्दिरको बार तोड्न खोज्ने हिंसात्मक प्रदर्शनकारीलाई फिर्ता गरेको थियो। उनीहरुले परम शक्तिपीठ र वात्सल्यग्रामकी संस्थापक साध्वी ऋताम्बरको भ्रमणको विरोध गरेको स्रोतले जनाएको छ। प्रदर्शनकारीहरूले उनी मुस्लिम विरोधी भएको र बाबरी मस्जिद भत्काउनमा उनको भूमिका रहेको आरोप लगाएका थिए। संचारमाध्यमहरुको  रिपोर्टमा भनिएको छ कि प्रदर्शनकारीहरूलाई उनीहरू भेला हुनुभन्दा धेरै अघि नै कार्यक्रम रद्द गरिएको थियो। तर पनि आन्दोलनकारीले हिंसात्मक प्रदर्शन गरेका छन्।

About Author

Advertisement