गान्तोक: नयाँ दिल्लीको विधानसभा सचिवालयमा आयोजित अखिल भारतीय विधानसभा अध्यक्षहरूको सम्मेलनको दोस्रो दिन सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाले सहभागिता जनाए। सम्मेलनलाई सम्बोधन गर्दै पूर्व लोकसभा अध्यक्ष मिरा कुमारले विठ्ठलभाई पटेल, भारतको संविधान र विधानसभाहरूको आकार निर्धारणमा भूमिका विषयमाथि आफ्नो बिचार व्यक्त गरिन्। सम्मेलनमा देशका सबै राज्य विधानसभा र केन्द्रशासित राज्यका अध्यक्षहरू उपस्थित थिए। देशका प्रथम निर्वाचित अध्यक्ष विठ्ठलभाई पटेलको शताब्दी वर्षको सम्झनामा आयोजित अखिल भारतीय अध्यक्ष सम्मेलनको दुई दिने कार्यक्रममा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, भारत सरकारका सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धिया र लोकसभा अध्यक्ष ओम बिरलाको पनि उपस्थिति रहेको थियो।