मन्त्री सोनाम लामाको केन्द्रीय गृहमन्त्रीसँग भेट

IMG-20250826-WA0139

गान्तोक: गत केही दिनअघि आधिकारिक भ्रमणको निम्ति दिल्ली पुगेका सिक्किम सरकारका धर्म विभागीय मन्त्री सोनाम लामाले केन्द्रीय मन्त्रीहरूसँग भेट गर्दै सिक्किमका थाँतीमा रहेका पुराना विभिन्न मागहरु राख्दै आएका छन्। यस क्रममा उनले हिजो केन्द्रीय गृहमन्त्री अमित शाहसँग उनको सरकारी निवासमा भेट गरे। भेटको क्रममा गृगमन्त्रीले सिक्किम राज्यको विकास र पुराना मागहरुबारे जायजा लिए। मन्त्री लामाले थाँतीमा रहेका केही लम्बित मागहरूबारेमा चर्चा परिचर्चा गरे। विशेष गरेर उनले १७औं कर्मापा उगेन थिन्ले दोर्जीलाई भारतमा ल्याउनु पर्ने मागमाथि बल दिए। यस विषयमाथि गृह मन्त्रीको ध्यान आकर्षित गराए। मन्त्री लामाको मागलाई ध्यानमा राख्दै केन्द्रीय गृहमन्त्री शाहले यस विषयमा आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने आश्वासन दिएका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सरकार गठन भएपछि नथुलामा भारतीय सेनाले प्राप्त गरेको विजयको सम्मानमा विजय दिवस उत्सव मनाइरहेको जानकारी पनि गराएका थिए। सोही प्रकारले मन्त्री लामाले पीएचई विभागसँग सम्वन्धित विभिन्न मागहरु पनि राखेका थिए। यसअन्तर्गत ढल निकास प्रणाली र जीवन्त गाउँ कार्यक्रमअन्तर्गत जलस्रोत विभागसँग सम्बन्धित विभिन्न कार्य योजनाबारेमा पनि जानकारी गराएका थिए। गृहमन्त्रीले शाहले पीएचई विभागसँग सम्वन्धित समस्यालाई पनि शीघ्र समाधान गर्ने आश्वासन दिएका थिए। स्मरण रहोस्, मन्त्री लामाले हिजो एक अर्को भेटमा केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहसँग पनि विभिन्न विषयमाथि छलफल गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement