वन मन्त्री लेप्चाद्वारा अप्पर जङ्गुमा लाभेन पुलको उद्घाटन

IMG-20250826-WA0138

मंगन: अप्पर जङ्गुको लाभेनमा नवनिर्मित लाभेन पुलको उदघाटन क्षेत्र विधायक तथा सिक्किम सरकारका वन विभागीय मन्त्री पिन्छो नाम्गेल लेप्चाले गरे। गत २०२३ मा टिस्टा नदीमा आएको विनाशकारी जलप्रलयले पुल क्षतिग्रस्त बनाएपछि यातायात अवरुद्ध बनाएको थियो। जसले गर्दा क्षेत्रका बासिन्दाहरू दैनिक रूपमा निकै समस्यामा भोग्दै आएका थिए। जनताको गम्भीर समस्यालाई ध्यानमा राख्दै मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा मन्त्री लेप्चाले उक्त पुलको निर्माण कार्य अघि बढाएका थिए। अन्ततः पुल निर्माण कार्य पूरा भई आज विधिवत रूपमा उद्घाटन गरियो। उद्घाटनीय अवसरमा जिल्ला तथा ग्राम पञ्चायतका प्रतिनिधिहरू लगायत स्थानीय जनता उपस्थित रहेका थिए। पुल उद्घाटनसँगै मन्त्री लेप्चाले जनताको तर्फबाट सिक्किम सरकारलाई धन्यवाद दिए। स्थानीय जनताको लामो समयदेखिको सपना आज साकार भएको उनलेे बताए। यस पुलले अब दैनिक आवागमन सहज बनाउनुका साथै क्षेत्रको समग्र सामाजिक तथा आर्थिक विकासमा ठूलो टेवा पुग्ने पनि विश्वास प्रकट गरे। पुलको निर्माणले अप्पर जङ्गु क्षेत्रको यातायात सञ्जाललाई सशक्त बनाउनका साथै आपतकालीन सेवा, व्यापार, कृषि, शिक्षा तथा स्वास्थ्य सेवामा पनि सहजता ल्याउने विश्वास गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement