शिक्षामन्त्री बस्नेतद्वारा याङगाङस्थित सिक्किम यूनिभर्सिटी क्याम्पसको भ्रमण

IMG-20250826-WA0137

गान्तोक: सिक्किम सरकारका शिक्षा मन्त्री राजु बस्नेतले आज याङगाङमा निर्माणाधीन सिक्किम यूनिभर्सिटी क्याम्पसको निरीक्षण गरे। मन्त्रीसित क्षेत्रकी विधायक एवं सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा पनि उपस्थित थिए। लामो समयदेखि याङगाङमा निर्माणाधीन क्याम्पसबारे जायजा लिए। यस अवसरमा मन्त्री बस्नेत अनि उपाध्यक्ष थापालाई यूनिभर्सिटीका नवनियुक्त उपकुलपति प्रोफेसर सन्तानु कुमार स्वैनले स्वागत जनाए। टोलीले निर्माण कार्यको विस्तृतरूपमा जायजा लिए। यसबीच पावरपोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा टोलीलाई जानकारी गराइयो। यसरी नै निर्माणाधीन क्याम्पसको अवस्थाबारे जानकारी लिन टोलीले संयुक्तरूपमा निरीक्षण पनि गरे। भ्रमणको क्रममा मन्त्री बस्नेतले विश्वविद्यालयको निर्माण कार्य निर्धारित समयमै पूरा गर्ने र क्याम्पसलाई सुचारु रुपमा सञ्चालन सुनिश्चित गर्न शिक्षा विभागबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। यसका साथै गान्तोकमा किराय बिल्डिङमा सञ्चालित विभिन्न विभागहरू पनि चाँडै याङ्गाङमा सारिने कुरामाथि जोड दिए। उपकुलपति, प्रो. सन्तनु कुमार स्वैनले निर्माण कार्य द्रुतगतिमा चलिरहेको र यसलाई समयसीमामा नै पूरा गर्नको निम्ति भारत सरकारको शिक्षा मन्त्रालयसँग समन्वय राखेर काम भइरहेको जानकारी गराए। उनले सिक्किम विश्वविद्यालयका बाँकी विभागहरूलाई चाँडोभन्दा चाँडो याङ्गाङस्थित नयाँ क्याम्पसमा सार्ने कुरा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। राज्यलाई अपार शैक्षिक र विकासात्मक लाभहरू प्रदान गर्न सिक्किम विश्वविद्यालयलाई उच्च शिक्षाको प्रमुख केन्द्रका रुपमा रूपान्तरण गर्न प्राथमिकता दिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement