मन्त्री राईले मन्त्रालयसमक्ष राखे ठोस फोहोर प्रबन्धनबारे प्रतिवेदन

IMG-20250826-WA0136

गान्तोक: भारत सरकारको शहरी तथा आवास मन्त्रालयले दिल्लीमा आयोजन गरेको बैटकमा सिक्किम सरकारका शहरी विकास विभागीय मन्त्री भोजराज राईले भर्चुअलरूपमा सहभागिता जनाए।
उक्त बैठकको अध्यक्षता केन्द्रीय मन्त्री मनोहर लाल ठकरले गरेका थिए।
सो बैठकमा केन्द्रीय राज्यमन्त्री टोखान साहुलगायत विभिन्न राज्यका सम्बन्धित विभागीय मन्त्रीहरू सामेल रहेका थिए। सिक्किम सरकारका सम्बन्धित विभागीय सचिव एवं आयुक्त जितेन्द्र राजे र सचिव योगिता राईले सहभागिता दिए। बैठकमा विशेष गरेर शहरी क्षेत्रमा सफाई र स्वच्छतालाई लिएर छलफल भयो। यसका साथै आगामी राष्ट्रियस्तरको सफाई अभियानमा सबै राज्य र केन्द्रशासित राज्यहरूले सक्रिय सहभागिता जनाउनु पर्ने विषयमा जोड़ दिइयो। यस अवसरमा मन्त्री भोजराज राईले राज्यमा बढ्दो ठोस फोहोरको खतरा व्यवस्थापन गर्न राज्य सरकारले शुरू गरेका विभिन्न पहलहरूबारेमा मन्त्रालयलाई जानकारी गराए। उनले सिक्किम राज्यका नागरिकहरू स्वास्थ्य र सरसफाइप्रति सजग रहेको अवगत गराउँदै शहरी विकास विभागले केन्द्र सरकारको उद्देश्यअनुरूप शहरी क्षेत्रमा सरसफाइ, ठोस फोहोर व्यवस्थापन र दिगो विकासको लागि नवीन र समावेशी समाधानतर्फ काम गरिहहेको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement