रोहिणीमा इनोभा र ट्रक दुर्घटनाग्रस्त

IMG-20220921-WA0138.jpg

खरसाङ: खरसाङको रोहिणी टोल प्लाजा नजिक आज बिहान साढ़े एघार बजीतिर एउटा इनोभा गाड़ी अनि ट्रक मुखामुखी हुँदा दुवैवटा गाड़ी क्षतिग्रस्त भएको छ भने इनोभा गाड़ीमा सवार यात्रीहरू भाग्यले बाँचेको जानकारी प्राप्त भएको छ। स्थानीय प्रत्यक्षदर्शी अनुसार बिहान साढ़े एघार बजीतिर इनोभा गाड़ी नम्बर डब्ल्युबी ७६ ए ४४७८ सिलगढ़ीदेखि उकालो दार्जीलिङतर्फ आइरहेको थियो भने माज्दा गाड़ी डब्ल्यूबी ७३ सी ४९७८ सिलगढ़ीतर्फ गइरहेको थियो।

थाहा लागे अनुसार इनोभा गाड़ीमा आसामका यात्रीहरू थिए। तर दुवै गाड़ीका चालकहरूलाई चोटपटक लागेपनि अन्य यात्रीहरू भने सुरक्षित छन्। घटनापछि दुवै गाड़ीलाई गाड़ीधुरा थानाले आफ्नो कब्जामा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement