दार्जिलिङ हिल्स युनिभर्सिटीमा अतिथि प्राध्यापक छनोटका लागि अन्तर्वार्ता जारी

IMG-20250826-WA0127

मङ्पु: दार्जिलिङ हिल्स युनिभर्सिटीमा अस्थायी रूपमा अतिथि प्राध्यापक नियुक्ति प्रक्रिया अन्तर्गत अन्तर्वार्ता सोमबार २५ अगस्टदेखि शुरु भएको छ। विश्वविद्यालयले यसअघि ३० जुन २०२५ मा सार्वजनिक गरेको विज्ञापन अनुसार अंग्रेजी, इतिहास, पत्रकारिता तथा जनसम्पर्क, नेपाली, राजनीतिशास्त्र र गणित गरी ६ वटा शैक्षणिक विभागमा दुई-दुई जना गरी जम्मा १२ जना अतिथि प्राध्यापक पदको लागि आवेदन आह्वान गरेको थियो भने विश्वविद्यालय पक्षबाट जानकारी अनुसार १६० जना भन्दा बढी उम्मेदवारहरूले आवेदन दिएका थिए। विश्वविद्यालयका अनुसार योग्यताका आधारमा छनोटमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता २५ अगस्टदेखि २८ अगस्टसम्म तोकिएको तालिकाअनुसार सञ्चालन गरियो/गरिनेछ। २५ अगस्त सोमबार आमसञ्चार विभाग र अंग्रेजी विभाग (Department of Mass Communication and Department of English) पत्रकारिता तथा जनसम्पर्क र अंग्रेजी विभागका उम्मेदवारहरूको अन्तर्वार्ता सम्पन्न भयो। २६ अगस्ट २०२५ मंगलबार इतिहास विभागका उम्मेदवारहरूको अन्तर्वार्ता भएको छ। त्यसरी नै २७ अगस्त २०२५ बुधबार गणित र नेपाली विभागका उम्मेदवारहरूको अन्तर्वार्ता तोकिएको छ। त्यसरी नै २८ अगस्त बिहीबार राजनीतिशास्त्र विभागका उम्मेदवारहरूको अन्तर्वार्ता हुने भएको छ।

दार्जिलिङ हिल्स युनिभर्सिटीका रजिष्ट्रार डा. सुजता रानी राई का अनुसार आवेदन प्रक्रिया र न्यूनतम योग्यता मापदण्ड अनुसार छनोटमा परेका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइएको हो। अन्तर्वार्ता सफलतापूर्वक पूरा गरेपछि छनोट भएका उम्मेदवारहरूले आगामी १ सेप्टेम्बर २०२५ देखि विश्वविद्यालयमा कार्यभार सम्हाल्नुपर्ने जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement