खरसाङमा युवा दिवस पालनसितै सन्त पावल पल्लीका युवावर्गद्वारा फुटबल खेलको आयोजना

IMG-20250826-WA0128

खरसाङ: खरसाङका सन्त पावल पल्लीका युवा संघको आयोजनामा खरसाङको सन्त अलफन्सेस उच्चतर माध्यमिक विद्यालयको मैदानमा फुटबल खेलको आयोजनासितै युवावर्ग दिवस पालन गरिएको थियो। सन्त पावल पल्ली अन्तर्गत पर्ने खरसाङको लालमाटी, सन्त पावल पल्लीका बाबुहरू, सन्त पावल पल्लीका युवावर्ग अनि महानदी, अम्बटे, सिरूबारी क्षेत्रका संयुक्त टिमहरूबीच फुटबल खेल सम्पन्न भएको थियो। सबै फुटबल टिमहरूले उत्कृष्ट खेलको प्रदर्शन गरेर दर्शकहरूलाई मनोरञ्जन गराए अनि अन्तमा सन्त पावल पल्लीका बाबुहरूको टिम अनि महानदी, अम्बटे, सिरूबारीको संयुक्त टिमबीच फुटबल फाइनल सम्पन्न भयो जसमा सन्त पावल पल्लीका बाबुहरूले शून्यको विरूध्द ५ गोल गरेर फाइनलमा बिजय बने। यस फुटबल खेलमा युवा दिवस पनि पालन गरियो अनि निकिता राईद्वारा युवा दिवसमाथि आफ्नो सम्बोधन राखेका थिए। युवावर्गद्वारा सन्देशमूलक नृत्य पनि प्रस्तुत गरियो।

प्रख्यात नेपाली गीत मुसु मुसु हाँसी देउ न लै लै गीतका मुल गायक अनि वरिष्ठ सङ्गीतकार फ्रैंकलिन मुखिया मुख्य अतिथि रहेको फुटबल खेलमा भारतीय राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक क्रिस्पीन छेत्रीको पनि विशेष उपस्थिति रहेको थियो। मुख्य अतिथि फ्रैंकलिन मुखिया अनि विशिष्ट अतिथि क्रिस्पीन छेत्रीलाई फुटबल खेलमा सम्मान जनायो। सन्त अलफन्सेस प्राथमिक पाठशालाका प्रधान अध्यापक फादर रोशन मिन्ज येशु समाजी अनि सन्त पावल पल्लीका पल्ली पुरोहित फादर पिटर जोङ लेप्चा येशु समाजी विशिष्ट अतिथिहरूको रूपमा उपस्थित रहेको फुटबल खेलमा रबिता शेर्पाद्वारा आरम्भिक प्रथार्ना गरिएको थियो। राष्ट्रिय गीतद्वारा आरम्भ गरिएको आजको फुटबल खेलमा सन्त पावल पल्ली नारी सगंठनका सभापति मन्जु राई, उप सभापति झुमा राणा लेप्चा , कोषाध्यक्ष उर्मिला मोक्तान लगायत नारी सगंठनका सदस्यहरूको व्यापक उपस्थिति रहेको थियो। सन्त पावल क्याथोलिक समाजका अध्यक्ष एड़बिन छेत्री, उपाध्यक्ष बिमल प्रधान, कार्यकारणी सदस्यहरू लगायत दार्जिलिङ धर्मप्रान्त नारी सगंठनका अध्यक्ष जेनिफर लेप्चा लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। खरसाङ लगायत वरिपरि क्षेत्रहरूबाट धेरै दर्शकहरूको उपस्थिति रहेको थियो।

सन्त पावल पल्लीका युवावर्गका अध्यक्ष स्नेह शेर्पाद्वारा धन्यवाद अर्पण गरी अन्त्य गरिएको यस फुटबल खेलमा भारतीय राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक क्रिस्पीन छेत्री अनि मुख्य अतिथि फ्रैंकलिन मुखियाद्वारा पनि सम्बोधन गरिएको सन्त पावल पल्ली परिवार कोष्टका समन्वयक दिपक लेप्चाले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement