एसयू उपकूलपतिको मुख्यमन्त्री तामाङसँग भेट

IMG-20250825-WA0065

गान्तोक: सिक्किम विश्वविद्याल(एसयू)का नवनियुक्त उपकूलपति प्रोफेसर सान्तानु कुमार स्वैनले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। भेटको क्रममा प्रोफेसर स्वैनकी धर्मपत्नी तारानिबाला नरेन्द्र महापात्रा लगायत रेजिस्ट्रर प्रोफेसर लक्ष्मण शर्मा, सहायक प्रोफेसर प्रदीप त्रिपाठी लगायत अन्यहरू पनि सामेल रहेका थिए। यस अवसरमा मुख्यमन्त्री तामाङले राज्यका विद्यार्थीहरूको शैक्षिक विकास र सिक्किम विश्वविद्यालयको समग्र उन्नतिप्रति समर्पित कार्यको सराहना गरे। छलफलको क्रममा शैक्षिक स्तरहरू सुदृढ पार्ने, अनुसन्धान र नवप्रवर्तनको लागि मार्गहरू विस्तार गर्ने, र ज्ञान, सीप, चरित्र, मूल्यमान्यता र शैक्षिक वातावरणलाई बढावा दिने कुरामा जोड़ दिए। उपकुलपतिले राज्यको प्रगतिशील, समावेशी र विश्वव्यापी रूपमा प्रतिस्पर्धी शैक्षिक प्रणालीलाई आकार दिन महत्त्वपूर्ण कार्य तयारी भएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement