नाम्ची: नाम्ची जिल्लाकी जिल्लापाल अनुपा ताम्लिङको अध्यक्षतमा आज जिल्ला प्रशासनिक केन्द्रमा बसेको बैठकले आदि कर्मयोगी अभियानबारे छलफल गऱ्यो। बैठकमा आदि कर्मयोगी अभियान (एकेए) को लागि विभिन्न विभागका प्रतिनिधिहरूलाई लिएर एक समिति गठन गरियो। भारत सरकारको आदिवासी मामिला मन्त्रालयद्वारा २०२५ मा शुरू गरेको उक्त परियोजनाको उद्देश्य आदिवासी समुदायलाई राष्ट्रस्तरमा सशक्तिकरण गर्नु रहेको छ। विशेष गरेर देशको विभिन्न राज्यको दुर्गम क्षेत्रमा रहेका आदिबासी समुदायलाई उनीहरूको हक र अधिकारलाई सुनिश्चित गराउने लक्ष्यले केन्द्र सरकारद्वारा उक्त अभियान शुरू गरेको हो। बैठकलाई सम्बोधन गर्दै जिल्लापाल ताम्लिङले आदि कर्मयोगी अभियानलाई ग्रामीणस्तरमा कार्यान्वयन गर्न सम्वन्धित अधिकारीहरूलाई आग्रह गरिन्। उनले अभियान जनजाति क्षेत्रहरूमा प्रशासनलाई सुदृढ पार्दै सम्बन्धित समुदायहरूको उत्थानसंगै नाम्ची जिल्लाभित्र 37 गाउँ सामेल रहेको बताइन्। योजनलाई प्रभावकारी ढङ्गमा कार्यान्वन गर्नको निम्ति सम्वन्धित अधिकारीहहरूले जनजाति मामिला मन्त्रालयसँग समन्वय कायम राख्नुपर्ने सुझाउ दिएकी छन्। यसबाहेक जिल्लापाल ताम्लिङले शिक्षा विभागलाई स्मार्ट कक्षा कोठा र डिजिटल शिक्षा सुविधाहरूको उचित मूल्याङ्कन गर्ने निर्देशन दिइन्। यसअन्तर्गत जनजाति विद्यालयलाई एकलव्य मोडेल आवासीय विद्यालयको तथ्याङक संकलन गर्न सुनिश्चित गर्ने बताइन्। यसका साथै उनले त्रैमासिक प्रतिवेदन तयार गर्ने सुझाव दिए।









