‘टास’-का नवनियुक्त अध्यक्ष फुम्पी भोटिया सम्मानित

IMG-20250825-WA0062

गेजिङ: ट्राभल एजेन्ट एसोसिएसन अफ् सिक्किमका नवनियुक्त अध्यक्ष फुम्पी भोटियालाई आज योक्सम पर्यटन विकास समितिद्वारा सम्मानित गरियो। यसक्रममा आज योक्सममा एक अभिनन्दन कार्यक्रमको आयोजना गरिएको थियो। जहाँ अध्यक्ष भोटियालाई सम्मान जनाइयो। विशेष गरेर सिक्किमको इतिहासमा प्रथमपल्ट टासको अध्यक्षकोरूपमा महिला मनोनित भएको उल्लेख गरिएको छ। आफ्नो सम्बोधनको क्रममा भोटियाले वाइटीडीसी र योक्समका जनतालाई सहयोगको लागि धन्यवाद दिँदै पर्यटन क्षेत्रलाई बढावा दिन र सिक्किमलाई एक प्रमुख पर्यटन गन्तव्यको रूपमा प्रवर्द्धन गर्न समर्पणका साथ काम गर्ने आश्वासन दिइन्। उनले सबै सरोकारवालाहरूलाई सामुहिक विकासको लागि टासको अध्यक्षको पदमा मनोनित गरेकोमा धन्यवाद दिएकी छन्। यसबाहेक, उनले शिक्षित युवाहरूलाई पर्यटन क्षेत्रमा उद्यमशीलताका अवसरहरू खोजी गर्न आग्रह गरिन्। सोही प्रकारले वाइटीडीसीका अध्यक्ष कार्जाङ भोटियाले आफ्नो स्वागत भाषणमा टासका अध्यक्ष भोटियाको नेतृत्वले संस्थालाई अझ बलियो बनाउने र सिक्किममा दिगो पर्यटन वृद्धिमा योगदान पुर्याटउने विश्वास व्यक्त गरे। उनले योक्समलाई सम्पदा र पर्या पर्यटन केन्द्रकोरूपमा समग्र विकासको लागि स्थानीय सरोकारवालाहरू, पर्यटन संस्थाहरू र सरकारी एजेन्सीहरूबीच समन्वय राखेर काम गर्नुपर्ने आग्रह गरे। यस अवसरमा अध्यक्ष भोटियाले उपस्थित प्रतिनिधिहरूसँग पर्यटन क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भन्नेबारेमा अन्तर्क्रिया पनि गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement