अहमदाबाद: टोक्यो ओलम्पिकमा रजत पदक जित्ने भारतकी स्टार महिला भारोत्तोलक (वेट लिफ्टर) मीराबाई चानूले खेलमा पुनरागमन गर्नको साथै सफलता हासिल गरिन्। चानूले सोमवार कमनवेल्थ च्याम्पियनशीपमा स्वर्ण पदक जितिन्। चानूले महिलाहरूकी ४८ किग्रा भार वर्गमा स्न्याच र क्लीन एण्ड जर्क मिलाएर जम्मा १९३ किग्रा (८४ र १०९ किग्रा) ओजन उठाएर शीर्ष स्थान हासिल गरिन्। ३१ वर्षीय चानूले गत वर्ष पेरिस ओलम्पिकमा हिस्सा लिएकी थिइन्। त्यसपछि उनलाई चोटले सताएको थियो। चानूबाट कमनवेल्थ च्याम्पियनशीपमा असाधारण प्रदर्शनको आशा थियो अनि उनले आशानुरुप प्रदर्शन गरिन्। चानूले २०२८ लस एञ्जिलिस ओलम्पिक खेलहरूको निम्ति नयाँ ओलम्पिक भार वर्ग लागू भएपछि ४९ किग्राबाट ४८ किग्रा वर्गमा प्रतिस्पर्धा गर्ने फसेला गरेकी छन्। चानूले यस ४८ किग्रा वर्गमा आफ्नो वर्ल्ड च्याम्पियनशीप खिताब र २ वटा कमनवेल्थ गेम्स पदक जितिसकेकी छन् तर २०१८ पछि उनले यस भार वर्गमा प्रतिस्पर्धा गर्न छोड़ेकी थिइन्।