डुवर्सको गोर्खाहरुले आफ्नो भरमा आफ्नै खुट्टामा उँभिनु सक्नुपर्छ: अनित थापा

IMG-20250825-WA0122

डुवर्स: शहीद मेजर दुर्गा मल्ल स्मृति सेवा प्रतिष्ठान, चमर्ची-बानरहाट, जलपाइगढीद्वारा आयोजित ८१औं शहीद मेजर दुर्गा मल्ल बलिदान दिवस, शहीद मेजर दुर्गा मल्लको सालिग अनावरण साथै ३४औं नेपाली भाषा मान्यता दिवस समारोहमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए।‌ उनले यस अवसरमा आफ्नो सम्बोधनमा भने, ‘मेरो भ्रमण कुनै राजनैतिक भ्रमण होईन। जातिगत नातामा म यहाँ आएको हुँ। जातिको निम्ति असल कार्यक्रम भएको छ आज।’


जीटीए प्रमुख अनित थापाले भने, ‘हामीमा आत्मविश्वास हुनुपर्छ कि हामी भारतीय नागरिक हौँ भनेर। कसैले केही भन्यो भन्दामा नै आवेशमा आउनु हुँदैन। आत्मविश्वास हाम्रो ठूलो हतियार हो। हामीलाई ओहोदामा बसेका कुनै पनि व्यक्तिहरू प्रधानमन्त्री, मुख्यमन्त्रीले नराम्रो केही भनेको छैन अनि भन्दैन पनि। हाम्रो आत्मविश्वास कमजोर भयो भने हामीलाई नै गार्हो पर्छ। हाम्रो जातित्वको आत्मविश्वास बलियो हुनुपर्छ।’


उनले अघि भने, ‘डुवर्समा म राजनीति गर्नु कहिले पनि आउँदिन। यहाँ राजनीति गर्दा विगतको दिनमा यहाँको मानिसले धेरै दुःख पाएको छ।हाम्रो जाति उन्नतिको बाटोमा लाग्नु पर्छ। राजनीतिमा अघि बढ्नुपर्छ। राम्रो राजनैतिक ओहोदाहरुमा पुग्नु सक्नुपर्छ। हाम्रो राजनीतिलाई निरन्तरता दिनु सक्नुपर्छ। हामीले २०१७ मा जुन राजनैतिक यात्रा शुरु गर्यौ त्यसै राजनीतिको कारण डुवर्सले शान्तिको श्वास पनि फेर्नु पाएको छ। डुवर्सको गोर्खाले आफ्नो भरमा आफ्नै खुट्टामा उँभिनु सक्नुपर्छ। डुवर्समा गोर्खा जातिको, गोर्खा संस्कृतिको कार्यक्रमहरुमा म मेरो तर्फबाट हुने सबै सहयोग अनि सहभागिता दिनेछु। तर यहाँ म राजनीति गर्नु आउने छैन।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement