यसपाली चियाबारी श्रमिकहरुलाई बीस प्रतिशत बोनस दिलाउन अनित थापाको ठूलो हात छ: राजेस थापा

IMG-20250825-WA0118

खरसाङ: पश्चिम बङ्गाल सरकारको श्रम विभागबाट यसपाली चियाबारी श्रमिकहरुलाई २० प्रतिशत बोनस दिनु पर्ने एडभाजरी जारी गरिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन‌ तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले जीटीए प्रमुख एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अनित थापालाई धन्यवाद दिएका छन्। उनले यो पहलमा अनित थापाको ठूलो हात छ भन्दै चियाबारी श्रमिकहरुको लागि जीटीए प्रमुख अनित थापाको पहलको कारणले राज्य सरकारको तर्फबाट बीस प्रतिशत बोनस दिनुपर्छ भन्ने एडभाइजरी आएको बताएका छन्। यसपाली 20 प्रतिशत बोनस दिने भनिएपछि उनले अनित थापा लगायत सम्बन्धित सबैलाई धन्यवाद दिएका छन्। हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले वर्षभरि खट्ने श्रमिकहरुले बोनसको बेला जहिले कराउनु पर्ने तर यसपाली जीटीए प्रमुख एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको पहलमा बोनसको समस्या समाधान भएको छ। त्यसैले चियाबारी श्रमिकहरुको बीस प्रतिशत बोनसको मांगलाई पूरा गर्न अनित थापाको ठूलो हात छ भनी बताएका छन्। उनले योबाहेक पनि चियाबारी श्रमिकहरुको अन्य विभिन्न समस्याहरु पनि जीटीए प्रमुख अनित थापाको नेतृत्व र पहलमा नै समाधान भएको होस् भनी कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement